पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक छ : प्रवक्ता सापकोटा

Sharing is caring!

भदौ १५, २०८० । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक भएको बताएका छन् । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्र्रवक्ता सापकोटाले कम्युनिष्ट पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताको घरघरमा जाने बताएका हुन् ।

उनले भने, कम्युनिष्ट पार्टीलाई सबल सुदृढ बनाउनका लागि यो अभियान लिएर जनताको घरघरमा जाँदै छौं । हाम्रो पार्टीलाई वैचारिक पुर्नगठन गर्न आवश्यक छ । राजनीतिक पुर्नगठन गर्न पर्ने आवश्यकता छ । सांगठनिक पुर्नगठन गर्न पर्ने आवश्यक छ । हामीले विचारको साथसाथै विधिको पनि विकास गर्न आवश्यक छ ।

प्रवक्ता सापकोटकाले जनतासँग माओवादीको तीन महिने अभियानको तयारी पूरा भएको पनि बताए । अभियानको मुख्य आशय भनेको जनतामा जाने ,जनताको मन जित्ने,जनताको मागलाई थाहा पाउने र पार्टीले कठोर अनुशासन लागू गर्ने रहेको उनको भनाइ छ । पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाएको पनि सापकोटाले बताए ।

उनले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबीच चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, आफु स्वयं लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिने जानकारी पनि दिए ।

यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरि–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव बीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिने बताए ।

सचिवमा दीनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *