नेविसंघद्वारा मूल्यवृद्धिको सिठी बजाएर विरोध प्रदर्शन

Sharing is caring!

जेठ २७, २०७५ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज सिठी बजाएर प्रदर्शन गरेको छ ।

नेविसंघले सरकारले निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज अपराह्न विश्वभाषा क्याम्पस, पद्यमोदय मोड, पुतलीसडक, कमलादी, त्रिचन्द्र कलेज, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह अगाडिसम्म विरोध प्रदर्शन गरयो । सो अवसरमा नेविसंघका अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि हवाइजहाजको भाडा वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *