समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन् : वनमन्त्री महतो

Sharing is caring!

साउन २१, २०८० । वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् ।

आईतबार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौंको टेकुमा आयोजित १ लाख वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षरोपण गर्ने गरिए पनि त्यस्को संरक्षण चुनौती बनेको बताए ।

उनले भने ‘ वन लगाउन सफल भयौं तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले पनि जंगल भित्र काठहरु छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौं । बाहिरबाट काठहरु मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईहरुको सोंच र लक्षका कार्यहरु छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईहरुले जुनसुकै वेला पनि तपाईहरुलाई चाहिएको सहयोग गर्न तयार छौं । म तपाईहरु संग छु ।

मन्त्री महतोले बनलाई पनि रोजगारीसंग जोडिने बनाउनु पर्ने बताएका छन् । बन तथा बन भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *