नेपाली रुपैयाँ डलरसँग कमजोर

Sharing is caring!

जेठ ४, २०७५ । नेपाली रुपैया कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर, भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।

नेपाल राष्ट्र बैंकले विहीबार १ डलर बराबर १ सय ८ रुपैया ७८ पैसा तोकेको छ । यस्तै, बुधबार १ डलर बराबर बिक्रीदर १०९ रुपैयाँ २२ पैसा रहेको थियो भने मंगलबार मात्रै १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा थियो । डलरसंग रुपैयाँ कमजोर हुे क्रम लगातार भइरहेको देखिन्छ । वैशाखयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबार १ डलर बराबर ६७ रुपैयाँ ५२ पैसा भारु तोकेको थियो । मंगलबार १ डलर बराबर ६७.३१ भारु थियो । ३ साताअघि १ डलर बराबर ६६.६९ भारु थियो । भारतीय संचार माध्यमका अनुसार भारतको अर्थतन्त्र कमजोर भएको छ । जसका कारण भारुको अवमूल्यन हुन थालेपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *