नेकपाकाे सचिवालय बैठक सकियाे

Sharing is caring!

भदौ २८, २०७५ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल सुरु गरिएको हो ।

महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक एकीकरण सम्बन्धि मापदण्डका विषयमा औपचारिक छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा महासचिव पौडेलले पार्टी एकीकरण सम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन बिहीबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको श्रेष्ठले बताए ।

सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको उनले जानकारी दिए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *