निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा

Sharing is caring!

साउन ७, २०८० । नेपाल निमार्ण व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरकारविरुद्ध संर्घषका कार्यक्रम घोषणा गरेको हो ।

भोली ८ गते प्रधानमन्त्री विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने, पर्सी ९ गते प्रदेश महासंघ मार्फत, ७७ जिल्लामार्फत ज्ञापन पत्र बुझाउने र १० गते देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतलाई आफ्ना मागबारे जानकारी गराइने महासंघले जनाएको छ ।

त्यस्तै १४ गतेदेखि १५ गतेसम्म प्रधानमन्त्री कार्यालय अगाडिदेखि विभिन्न स्थानमा धर्ना, १६ गतेदेखि निर्माण उपकरणसहितको व्यापक प्रर्दशन गर्ने महासंघले घोषणा गरेको छ । राष्ट्रिय भेलाले आफ्ना मागहरु पुरा गराउने उदेश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
निर्माण कार्य सम्पन्न भएका योजनाकोसमेत अरबौ रकम भुक्तानी नहुदा व्यवसायी मारमा परेकोले संर्घषमा उत्रिनु परेको महासचिव रोशन दाहालको दाबी छ ।

सबै निमार्ण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा शंसोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गरिनु पर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मुल्यवृद्धिलाई सम्बोधन हुने गरी मुल्य समाजोजन गर्नु पर्नेलगायतका माग व्यवसायीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *