सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम, डा. केसीको जीवन रक्षाको माग

Sharing is caring!

माघ १०, २०७५ । नेपाल चिकित्सक संघले अनसरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि चाँसो नदेखाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा उनले नै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको चिकित्सक संघले घोर भर्त्सना गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै ७२ घण्टाभित्र सरकारले वार्ता समिति गठनका गरेर डा. केसीको जीवन रक्षाका लागि कदम चाल्न सरकारसँग माग गरेको छ ।

यदि, सरकारले ठोस कदम नबढाए आइतबार १ बजे उपत्यकाका सम्पूर्ण चिकित्सकहरु शिक्षण अस्पताल महाराजगञ्जमा भेला भएर थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने चिकित्सक संघले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *