टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तीन जना विरुद्ध मुद्दा दायर

Sharing is caring!

भदौ ८, २०७६ । शालिग्राम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित तिन जना विरुद्ध चितवन जिल्ला अदालतमा आज अभियोग पत्र (मुद्दा ) दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको सिफारिसका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरि आइतवार मुद्दा दर्ता गराएको हो ।

मुलुकी अपराध सहिता ऐन २०७४ को दफा १३५ अन्रर्गत रवि सहित तीन जना विरुद्ध मुद्दा दर्ता भएको हो । मुद्दा दावि अनुसार ठहर भए अभियुक्तहरुलाइ पाँच वर्ष सम्म जेल र ५० हजार रुपैयाँ सम्मको जरिवाना हुने कानुनी ब्यवस्था छ । जिल्ला न्यायाधिवक्ता यदू शर्माले आइतवार दिउँसो सो मुद्दा दर्ता गराउनु भएको हो ।

आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान मुद्धा दर्ता गरि लगत्तै सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजना लाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

मुद्धालाइ हेर्दा हुर्दैको सूचिमा राखेर अदालतले वयान सोमबार लिन लागेको हो । दुवै जनाको वयान सकिए पछि पक्ष विपक्षका झण्डै दुई दर्जन वकिलहरुको वहस पछि अदालतले थुन छेक आदेश दिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *