नवलपरासीमा बस दुर्घना हुँदा २५ जना घाइते,चारको अवस्था गम्भीर 

Sharing is caring!

कात्तिक २६, २०७५ । नवलपरासीमा आज विहान बस दुर्घना हुँदा २५ जना घाइते भएका छन । घाइते मध्ये चारजनाको अवस्था गम्भीर  रहेको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट नगरपालिका–१४ अमरापुरीमा दाङ्गबाट काठमाडौका लागि छुटेको ना ६ ख ३९७३ नम्वरको बस विहान करिव २ बजेको समयमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दुर्घटनामा  परी दाङ्गको घोराही नगरपालिका–१५ का २८ बर्षिय होमबहादुर पोखरेल, सोही जिल्ला शान्तिनगर गाउँपालिका–१ का  एक बर्षिय वालक यनुष बिक , तुल्सीपुरका २४ बर्षिया लक्ष्मी बस्नेत, दाङ्गकै थिलकपुर निवासी  अन्दाजी ७० बर्षिया गंगी बिकको अवस्था गम्भीर रहेको जनाएको छ ।

उनका अनुसार घाइतेमध्ये १० जनाको अवस्था अवस्था सामान्य रहेको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *