धनुषामा गोली हानि एक महिलाको हत्या

Sharing is caring!

साउन ७, २०८० । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही टोल बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा एकजना महिलाको गएराति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । धनुषाको सीमावर्ती क्षेत्रमा गएराती भएको घटनामा गोली लागेर घटनास्थलमै महिलाको मृत्यु भएको छ । यद्यपी महिलाको पहिचान भने खुल्न सकेको छैन ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको पहिचान हुन नसकेको र शव भारतीय प्रहरीले नै लगेको जानकारी दिए ।

खड्काको अनुसार घटनास्थलमा २ वटा गोलीको खोका फेला परेको छ । महिलाको हत्या गर्ने समूह र मृतक महिला पनि भारतीय नागरिक हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *