देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

Sharing is caring!

असार १८, २०७५ ।  ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ ।

कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो ।

जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो ।

पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन् । यस्तै अविरल वर्षाका कारण ५५ जनाको निधन भएको छ । यस वर्षमात्रै रु ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको क्षति भएको छ ।
यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै दुई हजार १२१ जना घाइते भएका छन् । यस्तै महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

देशभर नै मनसुन सक्रिय भई भारी वर्षा शुरु भएको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरु भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिन्छ ।

बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *