प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता कार्तिकमा हुने

Sharing is caring!

भदौ ३१, २०८० । नेपाली सेनाको आयोजनामा छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिक ३ गते हुने भएको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागितामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली सेना जनसम्पर्क महाशाखाका महाशाखपति महासेनानी विजय केसीले जानकारी दिए ।

उनले भने,‘वि.सं २०७२ र ७३ सालमा ट्राइ एडभेन्चर सञ्चालन गरिएकोमा सन् २०१८ देखि अन्तराष्ट्रिय टिमहरु सहभागी गराई सिओएस ईज्टरनेस्नल ट्राइ एडभेन्चर कम्पीटिसन सञ्चालन गर्दै आईरहेको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष २०८० कात्तिक ३ गते ६ औं सिओएस ईन्टरनेसनल ट्राई एडभेन्चर कम्पीटिसन २०२३ सञ्चालन गर्न लागिएको जानकारी गराउछु ।’

उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी असोज १५ गतेसम्म टिम दर्ता गराउन पाउने छन् । दौड, साइक्लिङ र ¥याफ्टिङ समावेश हुने उक्त प्रतियोगिताको जम्मा दूरी ४३ दशमलव ७ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुने टोलीलाई एक लाख, तेस्रोलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *