दुर्गा भवानीको पूजा-आराधना गरी महानवमी पर्व मनाइँदै

Sharing is caring!

असोज २०, २०७६ । आज महानवमी पर्व दुर्गा भवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठहरुमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेले भने आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पनि चढाउने गर्दछन् ।

आज कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका दिनमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज खुलेको छ । यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *