जातको आधारमा भोट हाल्ने चलन उचित होइन : सभापति देउवा

Sharing is caring!

असोज ७, २०८० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित नभएको बताए ।

उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताएका छन् ।

पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *