दमकमा आगलागी हुँदा करीब रु २० लाख क्षति

Sharing is caring!

साउन २८, २०७५ । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो ।

आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय दमकका अनुसार स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *