उपत्यकाबाट ७७ जना पाकेटमारा पक्राउ

Sharing is caring!

पुस ४, २०७५ । प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ  ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गत मंसिर १५ गतेबाट सार्वजनिक यातायातमा हुने गरेको पाकेटमारालाई पक्राउ गर्न विशेष अभियान सुरू गरेको थियो ।

काठमाडौं प्रहरी परिसरले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार पाकेटमाराहरूको साथबाट बरामद गरिएको ५ लाख ९६ हजार नगद सम्बन्धित पीडितहरूलाई बुझाइएको  छ । बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाकेटमारहरुलाई सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *