त्रिशुली अपडेट : ८ को मृत्यु, १७ जनाको उद्दार

Sharing is caring!

भदौ ६, २०८० । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलबाट १७ जनाको उद्दार गरेको छ ।
दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भएकाको परिचय खुल्न बाँकी छ ।

दुर्घटना स्थलबाट उद्धार गरिएका १७ जनामध्ये १३ जनाको थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तु जयसवालले जानकारी दिए । थप चार जना घाइतेको धादिङकै राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।

जयसवालका अनुसार मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुष छन् । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
बुधबार बिहान सवा ११ बजे प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस दुर्घटनामा दुर्घटनामा परेको हो ।
बाढी आएको त्रिशुलीमा बस खसेकाले प्रहरीले बसमा सवार यात्रुको घटनाबारे विस्तृत आउन बाँकी रहेको जनाउँदै उद्दार कार्य जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *