पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

Sharing is caring!

फागुन १, २०८० । पाल्पामा जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

लु१ज २३७१ नम्बरको जिप तिनाउ गाउँपालिका–५ मस्यामको चिदिसनजिक मंगलबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा घटनास्थलमै आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट शिखरडाँडातर्फ गइरहेको थियो । मंगलबार साँझ पौने ५ बजे जिप सडकबाट तल खसेको हो । १५ जना घाइतेको उद्धार गरी गरी लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

घाइते र मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *