त्रिभुवन विश्वविद्यालयको र्‍याङकिङ घट्यो

Sharing is caring!

भदौ २७, २०७६ । दि वर्ल्ड युनिभर्सिटी र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हजारभन्दा माथि पुगेको छ । गत वर्ष आठ सयदेखि हजारको बीचमा थियो । बेलायतस्थित टाइम्स हायर एजुकेसन (टीएचई)ले उक्त नतिजा सार्वजनिक गरेको हो ।

उसले विश्वका ९२ देशका १ हजार ४ सय विश्वविद्यालयलाई र्‍याङकिङ गरेको थियो र त्यसमा त्रिभुवन विश्वविद्यालय अन्तिमबाट ३७औं स्थानमा परेको छ।

टीएचईले १३ बुँदालाई मापनको आधारमा यसरी र्‍याङकिङ गरेको हो। शिक्षण पद्धति (सिकाइ वातावरण), अनुसन्धान (भोल्युम, इनकम र रिपुटेसन) तथा त्यसको प्रभाव, ज्ञानको विस्तार र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई प्रमुख मानेको उसको रिपोर्टमा उल्लेख छ।

सन् २०२० का निम्ति गरेको र्‍याङकिङमा हजारभन्दा माथि परेको छ। यस हिसाबले त्रिविको शैक्षिकस्तर घटेको हो। त्रिभुवन विश्वविद्यालयमा ४ लाख १८ हजार ५३ विद्यार्थी अध्ययनरत रहेको देखाइएको छ। त्यसमा विदेशी विद्यार्थी शून्य रहेको छ। ३६ जना विद्यार्थी बराबर एक शिक्षक (स्टाप) रहेका छन्। लैंगिक तुलनामा ४५ प्रतिशत महिला र ५५ प्रतिशत पुरुष रहेका छन्। उक्त संस्थाले सन् २०१९ मा गरेको र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय आठ सयदेखि हजारभित्र परेको थियो।

पहिलो स्थानमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड रहेको छ। उक्त विश्वविद्यालयमा २० हजार ६ सय ६४ विद्यार्थी छन्। ११ दशमलव २ विद्यार्थी बराबर एक शिक्षक रहेका छन्। ती विद्यार्थीमध्ये ४१ प्रतिशत अन्तर्राष्ट्रका छन्। तीमध्यै महिला र पुरुषको प्रतिशत ४६ र ५४ रहेको छ।

दोस्रो स्थानमा अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी छ। त्यहाँ २ हजार २ सय ४० विद्यार्थी पढ्छन्। ६ दशमलव ४ विद्यार्थी बराबर एक शिक्षक रहेको छ। विदेशी विद्यार्थी ३० प्रतिशत छन्। लैंगिक तुलनामा महिला ३४ र पुरुष ६६ प्रतिशत रहेका छन्।

तेस्रो स्थानमा बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज रहेको छ। त्यहाँ १८ हजार ९ सय ७८ विद्यार्थी पढ्छन्। १० दशमलव ९ विद्यार्थी बराबर एक शिक्षक रहेका छन्। ३७ प्रतिशत विदेशी विद्यार्थी पढ्छन्। महिला र पुरुषको सहभागिता ४७ र ५३ प्रतिशत रहेको छ।

यस्तैअमेरिकाको स्टानफोर्ड युनिभर्सिटी चौथो, मेसाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी पाँचौं, प्रिन्सटन युनिभर्सिटी छैटौं, हार्वार्ड युनिभर्सिटी सातौं, याले युनिभर्सिटी आठौं र युनिभर्सिटी अफ सिकागो नवौं स्थानमा रहेको छ।

दसौं स्थान भने इम्पेरियल कलेज लन्डनले ओगटेको छ।

यस्तै, चीनको सिन्ह्वा युनिभर्सिटी २३औं स्थानमा छ भने २४ ‍औंमा पेकिङ युनिभर्सिटी र २५ औंमा नेसनल युनिभर्सिटी अफ सिंगापुर रहेका छन्। यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *