तरुण दलले बुझायो सरकारलाई ताला साँचोे

Sharing is caring!

साउन ६, २०७५ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ ।

आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।

सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाए । सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उनको भनाइ थियो ।

तरुण दलले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *