डडेल्धुराबाट डा. केसीले थाले १७ औँ सत्याग्रह

Sharing is caring!

कात्तिक १९, २०७६ । चिकित्सा क्षेत्रमा सुधारको मागराख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीले १७ औं पटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरु गरेका छन ।

डडेल्धुरा सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रह शुरु गरेका डा. केसीले यसपटक सात सुत्रीय माग अघि सारेका छन् । पत्रकार सम्मेलनको आयोजनागर्दै डा. केसीले बेलुकी पाँच बजेबाट औपचारिक रुपमा सत्याग्रह शुभारम्भ गरेका हुन ।

त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्र अवकाश पाएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कार्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए । नेपालीहरुको महान पर्व तिहार परेकाले केहि ढिलागरि सत्याग्रह शुरु गरिएको हो । सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उलंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको उनले बताए ।

गत भदौमा डडेल्धुरा पुगेर सदरमुकामस्थित डडेल्धुराको अवलोकन गरेका डा. केसी यसपटक अनशन बस्न सोमबार दिउसो मात्रै डडेल्धुरा पुगेका हुन् । सरकारी अस्पतालमा सत्याग्रह नबस्ने घोषणा गरेका डा. केसीले अस्पताल परिसर नजिकै रहेको स्थानीय निलकण्ठ भट्टको निजी घरमा बसेर सत्याग्रह आरम्भ गरेका छन् । भट्ट डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

 

यसपटक डा.केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, अर्वौको ठगी र आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिक कडा कारवाही गरिनु पर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्र्धी गर्ने सम्बन्धि लगायतका निर्णयहरु खारिज गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पुर्वाधार र जनशक्ति पु¥याएर एमवीवीएस कार्यक्रम सञ्चालन गरिनुपर्ने लगायत सात सुत्रीय माग अघि सारेका छन् ।

डोटी, डडेल्धुरा, उदयपुर र इलाम पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रकृया अघि बढाउनु पर्ने, क्यान्सर लगायतका महंगो औषधीहरु भारत भन्दा ४–५ गुणा महंगो भएकाले सुफथ मुल्यमा उपलब्ध गराइनुपर्ने, कर्मचारी समायोजनका क्रममा सेवा अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्ने र संक्रमणकालिन न्याय सम्बन्धी आयोगहरुमा दलीय भागबन्डा रोकी पीडितहरुको माग अनुसार सम्बन्धित कानून संशोधनगर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्ती गरिनुपर्ने माग अघि सारिएको छ ।

यसअघि १६ पटकसम्म आमरण अनशन बसेका केसीले माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने बताए । उनले ओली प्रधानमन्त्री भएका बेलामात्रै यसपटक गरि चौथो पटक सत्याग्रह बस्नु परेको जानकारी दिए । हरेक दलका नेताहरुले सरकारको नेतृत्व गरेका बेला सत्याग्रह बसेपनि कसैले माग सम्बोधन नगरेको उनले स्पष्ट पारे । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन् । उनले आफ्नो १५ औं अनसन जुम्ला र १६औँ अनशन इलाम पुगेर शुरु गरेका थिए ।

डडेल्धुरामा डा. केसीले सत्याग्रह शुरु गर्ने खबर फैलिएसँगै स्थानीय अगुवाहरुले डा. केसीलाई भेट्दै आन्दोलनप्रति एक्यवद्धता जनाएका छन् । नागरिक समाज डडेल्धुरा लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुले डा. केसीको आन्दोलनप्रति एक्यवद्धता जनाउदै आन्दोलनमा सघाउने बताएका छन । १७ औं पटकको सत्याग्रहका लागि एक्लै डडेल्धुरा पुगेका डा. केसीलाई स्थानीयले सहयोग गरिरहेका छन । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *