जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि महाकाली–मेची पदयात्रा सम्पन्न

Sharing is caring!

जेठ ३, २०७६ । जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकरभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पैदयात्रामा सहभागीहरु होमराज आचार्य, अशोक दर्ना र रिता परियारले यस्तो जानकारी गराएका हुन् । देशका प्रत्येक कुनाकुनाबाट छुवाछुत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयात्रा गरिएको उनीहरुको दाबी छ ।

आफूहरुले १ लाख १७ हजार आम जनसमुदायसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया र छलफल गदै विभेदको अहिलेको अवस्था परिर्वतनका बाधक तत्वहरु र समधानका उपायहरुबारे स्थानीय तहबाट खोजी गर्नुको साथै कानुन कार्यान्वयनमा देखिएका कमीकमजोरीलाई औल्याउँदै सचेतीकरणको काम समेत कुशलतापूर्वक सम्पन्न गरेको उनीहरुले विश्वास दिलाए ।

पदयात्री अशोक दर्नालले आफूहरुले ५४ दिनको लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटरको यात्रा तय गरेको सुनाए । उनले आफूहरु फरक फरक क्षेत्रका तीन जनाले यो यात्रा सम्पन्न गरेको सुनाए ।

त्यस्तै कार्यक्रममा उनीहरुद्धारा जारी गरिएको विज्ञप्ती पदयात्री हेमराज आचार्यले वाचन गरेका थिए । अर्की पदयात्री रिता परियारले आफूहरुले यात्राको क्रममा दलितहरुले भोग्नु परेको विभिन्न पीडाहरु थाहा पाएको सुनाईन् । उनले भनिन्,‘छुवाछुतसम्बन्धी नीति तथा नियमहरु किताबमा मात्रै सिमित भएको पाएका छौं ।’ उनले बनेका नीति तथा नियमहरु व्यवहारमा लागु हुनुपर्ने माग गरिन् ।

आगामी ६ महिनाभित्र जातीय विभेद र छुवाछूतको अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने ७ सय ५३ स्थानीय निकायकाहरुबाट   ५१ सदस्यीय परिर्वतनका लागि संवाहकहरु नाम दिएर राष्ट्रिय संञ्जाल निर्माण गरिने पनि उनीहरुले जनाए ।

उनीहरुद्धारा जारी विज्ञप्तीमा थप भनिएको छ,‘जातीय विभेद र छुवाछूतको अन्त्यका लागि चालिएको नेपाल पदयात्राले २०१९ भित्रमा  दलित समुदायका पक्षमा जारी भएको कानुनहरुलाई व्यावहारिक कार्यान्वयन  गराउनेका निम्ती सार्कस्तरीय नीति संवाद गरी केन्द्रिय सरकार र स्थानीय सरकारलाई समेत प्रतिवेदन पेश गरी दवाब सिर्जना गर्नछौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *