जवाफदेहीता र पारदर्शीता कायम गर्न प्राधिकरणको आग्रह

Sharing is caring!

बैशाख ४, २०७५ । भूकम्प पछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विदेशी नियोगलाई जवाफदेहीता र पारदर्शीता कायम गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ ।

पुनर्निर्माणमा प्राथमिकता निर्धारण गर्दै काम गर्न १ सय भन्दा बढी विकास साझेदार मुलुक तथा अन्तर्राष्ट्रिय नियोगलाई प्राधिकरणको भनेको हो । पुनर्निर्माणमा विकास साझेदारको कार्य प्रगति समीक्षा बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माण सन्तोषजनक नभएको भन्दै गुनासो गर्नुभयो ।

विद्यालय भवन निर्माणमा भएका कार्य प्रगती सन्तोषजनक रहेपनि निजी आवासको निर्माण गतिमा सन्तोष गर्न नसकिने उहाँको भनाई थियो । एसियाली विकास बैंकले निर्माण गरिरहेका ४६ प्रतिशत विद्यालयको निर्माण सकिएको बैठकका क्रममा जानकारी दिईएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको प्राधिकरणको १२ औं निर्देशक समितिको बैठकले गत साता नयाँ संगठनात्मक संरचनामा केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइहरु प्राधिकरण मातहत ल्याउने निर्णय गरेको थियो । यो खबर आजको कान्तिपुरमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *