चुरे संरक्षण हुन नसके मधेश मरुभूमि: प्रदेश प्रमुख कायस्थ

Sharing is caring!

असार २३, २०७५ ।  प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणी तथा पूर्वतर्फको मधेशको भूभाग मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गर्नुभएको छ ।

सेवा निवृत्त कर्मचारी परिषद्को १५ आँै साधारणसभाको जनकपुरधाममा आज उद्घाटन गर्दै उहाँले सेवानिवृत्त कर्मचारीसँग विशेष अनुभव रहेकाले आ–आफ्नै अनुभवका आधारमा मधेशको भूभाग मरुभूमि हुनबाट जोगाउन निजामती कर्मचारीहरूसँग सहकार्य गरी समय समयमा सुझाव दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले संघीय सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आफूलाई महशुस हुँदै गइरहेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य रामआशिष यादवले सेवानिवृत कर्मचारीहरू प्रायः ज्येष्ठ नागरिक हुने गरेको र त्यस उमेरमा विभिन्न खाले मानसिक तनाव रहेकाले तनावमुक्त हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा परिषद्का सेवानिवृत कर्मचारीले संगठनको अवस्था हाल अत्यन्तै कमजोर रहेकाले सबल तथा मजबुत बनाउन उपयुक्त सल्लाह दिँदै आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *