चुरे क्षेत्रको संरक्षणका लागि प्रभावकारी कार्य हुँदै : वन मन्त्री महतो

Sharing is caring!

असार २८, २०८० । वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले चुरे क्षेत्रको संरक्षणका लागि सरकारले प्रभावकारी कार्यहरु अघि बढाएको बताएका छन् ।

विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महतोले चुरे क्षेत्रमा नदी प्रणालीमा आधारित रहेर काम भइरहेको जानकारी दिए । उनले भने ‘चुरे संरक्षणको लागि आर्थिक वर्ष १ अर्व ५ करोड बजेट विनियोजन गरिएको छ । चुरे क्षेत्रमा नदी प्रणालीमा आधारित रहि ५ वटा कार्यान्वयन निकाय मार्फत भू–संरक्षण,जल पूर्वभरण,वृक्षरोपण ,कृषि वन ,खोला किनारा लगायतका कार्यक्रमहरु सञ्चालनमा छ ।

मन्त्री महताले जलवायु परिवर्तन न्यूनीकरणको लागि नेपाल तथा विभिन्न विकास सांझेदार निकायहरुको सहकार्यमा बिभिन्न कार्यहरु भइरहेको जानकारी दिए । उनले भने ‘ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु परिवर्त न्यूनीकरण तथा अनुकुलका सघाउ पुग्ने खालका कार्यक्रमको लागि संघ र प्रदेश स्थानीय तहबाट कार्यन्वयन हुने गरि बजेट विनियोजन गरिएको छ । ’

सरकारले बन तथा वातावरण मन्त्रालयको लागि १२ अर्ब ११ करोड १३ लाख बजेट प्रस्तावित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *