चितवनमा आठ सवारी साधन ठोक्किएर २० घाइते ८ जनाको अवस्था गम्भीर

Sharing is caring!

साउन ३१, २०८० । चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नं.को शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ भएको दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा बा.प्र.०६–००१प ९९८१,बा.प्र.०३–००५प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ को मोटरसाइकहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित आठ सवारी साधन एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । घाइते मध्ये १३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याले चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए ।


दुर्घटनामा खैरहनी न.प.४ का कृष्ण बहादुर तामाङ, मकवानपुर हेटौडा उ.मा.न.पा.१४ बस्ने महोन तामाङ, खैरहनी न.पा.१ बस्ने जित बहादुर तामाङ, चितवन न.पा.१४ बस्ने कुसुम बहादुर राना, चितवन १४ बस्ने बर्ष सुरेश श्रेष्ठ,चितवन न.पा.९ बस्ने किशोर तामाङ र चितवन १४ बस्ने डोल बहादुर कार्की गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।


यस्तै, चितवन न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा, बुद्धिराम तामाङ चितवन १६ बस्ने रेशम पोख्रले काठमाण्डौ गोकर्ण ४ बस्ने तारा श्रेष्ठ,चितवन १६ बस्ने दिल बहादुर घिसिङ,नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा, बोलेरोमा सवार दिवेश शाक्य,चितवन १४ कै आईतराम कामी, पुष्प तामाङ,कृष्ण लामा तथा चितवन ३ बस्ने गोपाल तामाङ र जिवन लामा र मोटरसाइकल चालक चितवन १४ का शंकर परियार घाइते भएका छन् ।


प्रहरीले दुर्घटना स्थलबाट बस चालक नवलपुर गैडाकोट न.पा.९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *