संगठन निर्माण गर्न राप्रपा मधेस झर्‍यो

Sharing is caring!

साउन ३१, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवीन राप्रपा निर्माणको अभियान बोकेर मधेस प्रदेश पुगेको छ ।

आगामी पु्षसम्म संगठन सुधार गर्ने अभियान अन्तर्गत पार्टीका उपाध्यक्षहरूलाई सात प्रदेशको जिम्मा लगाएर राप्रपाले मधेस प्रदेशबाट कार्यक्रम सुरु गरेको हो ।

मधेस प्रदेशको जिम्मेवारी पाएका उपाध्यक्ष बुद्धिमान तामाङ अभियान अन्तर्गत आज सिरहा पुगेर त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् । आगामी पुषसम्म संगठन निर्माणमा केन्द्रित हुने लक्ष्य राखेको राप्रपाले युवा र महिलालाई पार्टीमा जोड्ने योजना बनाएको तामाङले जानकारी दिए ।

त्यसका लागि केन्द्रीय तहका नेताहरूलाई तल्लो तहसम्मको संगठन निर्माणमा केन्द्रित हुनेगरी खटाएको जानकारी दिंदै तामाङले भने, नयाँ सोच, शैलीका साथ पार्टीलाई अघि बढाउने योजनामा हामीहरु छौं । युवा पुस्ताको सोच अनुसारको पार्टी संगठन निर्माण गर्न हामी लागिपरेका छौं । युवा र महिलालाई पार्टीमा महत्वको साथ स्थान दिने सोचमा छौ ।

त्यसैले हामीले योग्यता पुगेका ४० वर्ष भन्दा कम उमेरका १० जना युवालाई तल्लो तहबाट सीधै कार्यसम्पादन मूल्यांकन समितिमा लैजादै छौ । महिलाको ३३ प्रतिशत अधिकार पार्टीभित्र पूर्ण लागू गराउँछौ । उनले थपे, ‘युवा र महिलालाई पार्टी संगठनसँगै देश निर्माणमा राप्रपा जोड्न चाहन्छ । पुरानो राप्रपा होइन नवीन राप्रपा बनाउने हाम्रो अभियान हो ।’

नवीन राप्रपा निर्माणको अभियान बोकेर मंगलबार सप्तरी पुगेका उपाध्यक्ष तामाङले नेकपा एमाले, काँग्रेस, जनमत लगायतका २०० जना बढी कार्यकर्तालाई पार्टी प्रवेश गराएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *