कोमल वलीले भनिन्,‘२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ’

Sharing is caring!

पुस १७, २०७५ । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् । उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र तालि बजेको थियो ।

सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५÷१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि ।’

आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’

सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन । उनले भनिन्,‘हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो। तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र ? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए, त्यो सकारात्मक छ ।’

त्यस्तै कार्यक्रमका सभापति तथा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको दाबी गरे ।

आफूहरुले आज उद्घाटन गरिएको ‘अनलाइन–पोर्टल’ नेपाली हिन्दुहरुको विवाहलाई टार्गेट गरेको पनि उनले सुनाए । उनले थपे,‘वैद्धिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आईपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पु¥याउने यसको मुख्य उद्देश्य हो ।’

उनले अघि थपे,‘मेरो स्वयम्बरमार्फत विवाह गर्न चाहने विश्वभरी छरिएका नेपालीहरुको वैद्धिक सनातनी परम्पराको निरन्तरता कायम राख्दै आफ्नो आर्थिक अनुकुलतामा धार्मिक, सामाजिक, साँस्कृतिक रितिरिवाज र परम्पराकासाथै आफ्नो चाहनाअनुसारको योग्य वर वा बधुलाई मिलनका लागि उपयुक्त प्लेटफर्म तयार गरी मिलन गराउनुनै संस्थाको उद्देश्य हो ।

उनले विश्वभरि छरिएर रहेका नेपाली गुरु, पुरोहित र हिन्दू धर्मका अभियन्ताहरुको संयुक्त पहलमा यो सुरु गरिएको पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *