केरलामा बाढीले मृत्यु हुनेको संख्या ४४५ पुग्यो

Sharing is caring!

भदौ ११, २०७५ ।  भारतको दक्षिणी राज्य केरलामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजी कार्य जारी छ । घर तथा सार्वजनिक स्थलको सफाइलाई व्यापक बनाइएको छ । केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीटरमार्फत बाढी पसेका एक लाख ३० हजारभन्दा बढी घरको सफाई गरिएको जानकारी दिए । उनले यो संख्या करिब एक तिहाइ रहेको पनि बताए । सरकारी अधिकारीले अवरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् ।

घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाइबाट बच्नसमेत सचेत गराइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सर्पको डसाइबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई शतर्क अवस्थामा राखिएको छ । दिनहुँजसो मृत्युका खबर आइरहेको सन्दर्भमा केरलाका अधिकारीले मृत्युको मुख्य कारण बाढी हो होइन भनी जाँच पनि सुरु गरेका छन् । सरकारले १० हजारभन्दा बढी सडक भत्किएको जनाएको छ भने बाढीबाट करिब ५० हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *