काठमाण्डौमा जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन आज समापन

Sharing is caring!

भदौ १५, २०७५ । साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने भएकोले काठमाण्डौमा जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन भएको छ ।

सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्र जारी गरिएको छ ।

समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यस सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख आजै स्वेदश फर्कने कार्यक्रम रहेको छ । दुई दिने सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *