प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, डा गोविन्द केसीको जीवन रक्षा माग

Sharing is caring!

असार २२, २०७५ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ ।

काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराउनुभयो ।

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली काँग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

संसद्को अर्को बैठक असार २५ गते सोमबार दिनको १ः०० बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *