काठमाडौंमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो

Sharing is caring!

जेठ १२, २०७६ । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार अपरान्ह भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

उक्त घटनामा ६ जना घाइते भएका छन् ।

दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको  प्रहरीले जनाएको छ ।

विस्फोटमा परी घाइते भएका एक जना विप्लव निकट विद्यार्थी नेता नेकपाको त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रविन केसी  रहेका छन् ।

मृत्यु हुनेहरुको भने अझै सनाखत हुन सकेको छैन । विस्फोट कसैले वा आफैं भएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *