उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

Sharing is caring!

जेठ १२, २०७६ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति पुन जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि अष्ट्रिया भ्रमणका क्रममा जेठ १५ गते अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायत रहेका छन् ।

भ्रमण सम्पन्न गरी उपराष्ट्रपति पुन यही जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *