कांग्रेस केन्द्रीय समिति बैठकका लागि दशवटा एजेन्डा तय

Sharing is caring!

साउन १, २०८० । प्रमुख सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले ११ महिनापछि बस्न लागेको केन्द्रीय कार्य समिति बैठकका लागि दशवटा एजेन्डा तय गरेको छ ।

मंगलबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकले १० वटा एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकपछि बोल्दै उनले विभिन्न प्रतिवेदन पेस गर्नेसहित केन्द्रीय कार्यसमितिका लागि १० वटा एजेन्डा तय गरिएको बताए। बैठकलाई पारदर्शी बनाउने विषयमा पनि सहमति जुटेको उनको भनाई छ ।

‘कांग्रेस हरेक कुरामा पारदर्शिता हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छ’, उनले भने, ‘हामी सकेसम्म भोलिकै बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारीमा छौँ। यदि भएन भने पनि भित्रको कुनै कुरा लुकाउँदैनौँ।’ तर नेता डाक्टर शशाकं कोइरालाले, भने लाईभ गर्ने विषयमा दुईथरी कुरा भएको बताए ।

त्यस्तै नीति महाधिवेशनको विषयमा पनि छलफल भएको उनले बताए । २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन पछि मंगबारसम्मलाई धकेलिएको थियो।


यस्ता छन् दश एजेन्डा :
१. समसामयिक विषय (आर्थिक, परराष्ट्र)
२. सांगठनिक कार्ययोजना र कार्यतालिका
३. केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४. निर्वाचन परिचालन समितिको प्रतिवेदन
५. नीति अधिवेशन सम्बन्धमा
६. विभागहरु गठन, थप र कामको व्यख्या
७. राष्ट्रव्यापी अभियानको घोषणा
८. अनुशासन समितिको प्रतिवेदन पेश
९. संसद्‍मा सम्पादन भएका कामजहरुको प्रतिवेदन
१०. सरकारको गतिविधिबारे जानकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *