काँग्रेस महासमिति बैठकको नयाँ मिति तय, उपसभापतिमा गच्छदार मनोनित

Sharing is caring!

कात्तिक २०, २०७५ । नेपाली काँग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले महासमितिको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने नयाँ मिति तय गरेको छ ।

यसअघि महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तय भएको थियो ।

साथै बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।

गतवर्ष गच्छदारको नेतृत्व लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएको थियो ।

त्यस्तै, जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *