कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

Sharing is caring!

फागुन २, २०७५ । प्रहरीले कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको उक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन । । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *