एयर होस्टेजको जागिर खुल्यो

Sharing is caring!

असार ३१, २०८० । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका रिक्त ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

निगमले आइतबार सूचना प्रकाशित गर्दै प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका उमेदवारले आवेदन दिन सक्नेछन् । योग्य नेपाली नागरिकले १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *