न्यूनतम पारिश्रमीक तोक्न महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण

Sharing is caring!

असार ३१, २०८० । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले श्रमिकको न्यूनतम पारिश्रमीक निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतबारको प्रतिनीधिसभाको सुन्य समयमा उनले हरेक दुईवर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

‘हरेक दुई वर्षमा नेपाली श्रमीकको न्युनतम ज्याला तोकिने व्यवस्था छ । भोली श्रावण १ गतेबाट तोकिनु पर्ने । १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमीकहरुको प्रतिनिधिको रुपमा सम्वाद गरेर टुङगोमा पु¥याउने काम गरेको छैन् ।’ उनले भने ।

आम श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *