न्याय सेवा प्रभावकारी बनाउन सरकार थप जिम्मेवार हुन जरुरी : अध्यक्ष पौडेल

Sharing is caring!

असार ३१, २०८० । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेलले न्याय सेवा थप प्रभावकारी बनाउन सरकार थप जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यष पौडेलले अन्तराष्ट्रिय महासन्धीको अपेक्षा अनुसारको अदालतप्रति पनि गर्नुपर्ने जिम्मेवारी सरकारको तर्फबाट पुरा भए न्याय झनै प्रभावकारी हुने उनको तर्क छ ।

‘अझ हाम्रो न्याय अझ प्रभावकारी हुन्छ, यसका सेवाग्राही अझ लाभांवित हुन्छन् । अदालत आफू सुविधा सम्पन्न हुन खोजेको होईन्, यो चहाना भनेको सेवा प्रवाहको लागि नै हो । यहाँबाट प्रवाह हुने न्याय प्रभावकारी बनाउन हो ।’ उनले भने ‘त्यसकारण यो महासन्धीको अपेक्षा अनुसारको अदालतप्रति पनि गर्नुपर्ने जिम्मेवारी सरकारको तर्फबाट आए अझ हाम्रो न्याय अझ प्रभावकारी हुन्छ, यसका सेवाग्राही अझ लाभांवित हुन्छन् ,यो कुरा पनि तपाईहरुले राख्नु भयो भने प्रभावकारी हुन्छ भने अपेक्षा गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *