एमाले–माओवादी एकताः पौडेलको उदय, पोखरेलको पतन

Sharing is caring!

जेठ ६, २०७५ । नेकपा एमाले र माओवादीको पार्टी एकतापछि तत्कालिन एमालेका केहि नेताहरुलाई त्यती साह्रो ध्यान  खास गरि पार्टी एकतापछि एमालेका उपमहासचिव विष्णु पौडेलको जागरण र महासचिव तथा रक्षा मन्त्री ईश्वर पोखरेल अलिक खस्किएको महशुस हुन थालेको छ । पार्टी एकता प्रक्रियामा ओली र प्रचण्डको छायाँ बनेर भूमिका निभाएका विष्णु पौडेललाई महासचिव बनाएपछि निर्वाचित महासचिव पोखरेल अब सचिवालय सदस्यको भूमिकामा मात्र रहने भएका छन् । सार्वजनिक रुपमा पोखरेलले यसको असन्तुष्टि नजनाए पनि उनका शुक्रबारका गतिबिधिले विष्णु पौडेललाई महासचिव बनाउँदा असन्तुष्ट रहेको सबैले सजिलै बुझ्न सकिन्छ ।

शुक्रबार दुवै दलका केन्द्रीय कार्यालय रहेका धुम्बाराही र पेरिसडाँडाको भ्रमणमा ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र विष्णु पौडेल सँगै भएपनि त्यो समुहमा ईश्वर पोखरेल अनुपस्थित थिए । यसै सन्दर्भ हेर्दै पार्टी एकताका नाममा पोखरेललाई पाखा लगाइएको हो कि भन्ने आवाज कार्यकर्ताहरुमाझ गुन्जीन थालेको छ ।

सचिवालयका सबै सदस्य पार्टी कार्यालयको अवलोकनमा व्यस्त हुदा रक्षमन्त्री समेत रहेका पोखरेल मन्त्रालयमा काम भएको भन्दै अनुपस्थित रहे । सरकारका प्रधानमन्त्री समेत रहेका र ऐतिहासिक भनिएको एकता प्रक्रिया कै एउटा पाटो रहेको शुक्रबारको कार्यक्रममा उनको अनुपस्थितिले उनी असन्तुष्ट रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

पोखरेल र प्रधानमन्त्री ओलीको सम्बन्धलाई लिएर पटक पटक अनेकौ टिप्पणी हुने गर्दछ । सरकार बन्नु अघि पोखरेल अर्थमन्त्री बन्ने भनेर निकै हल्ला भएको थियो र पोखरेल सरकारमा शक्तिशाली मन्त्रालय लिएर जान चाहन्थे । उनको चाहना स्वाभाविक पनि थियो । उनि पार्टीका निर्वाचित महासचिव थिए भने डा. प्रकाशशरण महतलाई हराएर निर्वाचन पनि जितेका थिए । तर, सबैको अनुमान विपरित प्रधानमन्त्री ओलीले पोखरेललाई खासै भूमिका नभएको रक्षामन्त्री बनाइदिएर सरप्राइज पनि दिए ।

साथै पार्टीको एकीकरण पछि एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेललाई काखमा राखेर हिंडेको हो कि भन्ने पनि आलोचना सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका पौडेल पछिल्लो समय ओलीको निकट रहेर काम गरिरहेको देख्न सकिन्छ । बुटवलबाट चुनाव जितेका पौडेल यस अघि पाल्पाबाट चुनाव जितेर मन्त्री बनेका थिए । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री समेत बनेका पौडेल र ओलीको निकटता त्यसपछि झन् बढेको बताइन्छ । सन् २०४७ सालमा नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी सदस्य बनेका थिए ।

यसरी पटक पटक मन्त्री बनेका पौडेल नेपाल कम्युनिष्ट पार्टी बन्दा माओवादी एमालेमा विलय भयो भन्ने चर्चा एकातिर हुदै गर्दा एमालेकै नेताहरुमा पनि पौडेलको उदय र पोखरेलको पतनको रुपमा पनि हेरिएको छ ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *