एफएम अनुमति प्रदेश र स्थानीयबाट पनि

Sharing is caring!

पुस १७, २०७५ । स्थानीय तहले १ सय वाटसम्म र प्रदेश सरकारले १ हजार वाटसम्मका एफएम रेडियो सञ्चालनको इजाजत, नवीकरण र नियमन गर्न पाउने गरी राष्ट्रिय प्रसारण ऐन २०४९ मा संशोधन प्रस्ताव गरिएको छ ।

सरकारले संसद्मा दर्ता गराएको केही नेपाल ऐन संशोधनमा एफएमसम्बन्धी अधिकारलाई तीनवटै तहमा बाँडफाँट गर्ने प्रस्ताव छ ।

संविधानले एफएम रेडियोसम्बन्धी अधिकार तीनवटै सरकारलाई दिएको छ तर कसले कुन सीमाभित्र रहेर काम गर्ने खुलाइएको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले कुन तहले कति हदसम्म काम गर्ने खुलाउने गरी ऐन संशोधन गर्न लागिएको बताए । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *