एन आई सी एशियाको शाखारहित बैंकिङ सेवा कावासोतीमा संचालन

Sharing is caring!

जेठ १९, २०७६ । एन आई सी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ ।

बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर श्री प्रेम शंकर मर्दानियाले गर्नुभयो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्री घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

साथै, सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *