एनसेलको टावरमा आगजनी

Sharing is caring!

फागुन ११, २०७५ । पोखरा महानगरपालिकाको-२७ चन्द्रकालिका डाडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ।

एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले बताएको छ।

आगलागीका कारण एनसेलको टावरमा पूर्णरुपमा क्षति भएको छ।

टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ।

प्रहरीले आगलागी बारेमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

टावर जलेपछि आसपासका क्षेत्रमा एनसेलको नेटवर्कले  काम गर्न छाडेको छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *