आर्थिक वृद्धिद्धरमा नेपाल टप पोजिशनमा पुगेको मन्त्री महासेठको दाबी

Sharing is caring!

साउन २७, २०७६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ । हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’

उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका छन् । उनले भने,‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ ।

मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’

उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए ।

उनले भने,‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९ सय १५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु बनाएका छौं । जबकी यो सरकारभन्दा अघिका सरकारको पालामा एक वर्षमा १ सय २५ किलोमिटरमात्रै हुन्थे । एक सयभन्दा बढि पुल निर्माण हुँदैनथिए, तर हामीले यो एक वर्षमा २४३ पुल बनाईसकेका छौं ।’ उनकाअनुसार अहिले ११ सय किलोमिटरको ग्राभेल सडक र ३ सय १० किलोमिटरका माटे सडक पनि निर्माण भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *