आज संसदीय समिति सभापतिका लागि उम्मेदवारी मनोनयन

Sharing is caring!

भदौ १०, २०८० । प्रतिनिधिसभा अन्र्तगत रहेका दश संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।

संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् । सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ ।

प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *