आज पाँच घण्टा स्थानीय तह ठप्प

Sharing is caring!

पुस ५, २०७५ । आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले विहीबार पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएको छ ।

सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीहरुले हातमा कालोपट्टी बा“धेर कलम बन्द गर्ने अवधि हरेक दिन बढाउँदै लगेका हुन् । यस क्रममा आज पा“च घण्टासम्म धर्ना जारी रहने बताएका छन् ।

जनप्रतिनिधिहरुको समेत सर्मथन रहेको यस आन्दोलन आफ्नो माग पुरा नभएसम्म जारी राख्ने बताइएको छ । बुधबार दिउँसो २ बजेसम्म कार्यालय ठप्प पारेका कर्मचारीहरुले त्यसपछिको अवधिमा काम गरेको पाइएन । ‘आन्दोलनको माहोलले काम गर्ने कसैको पनि मन छैन’ –बज्रबाराही नगरपालिकामा धर्ना दिइरहेका कर्मचारीहरुले भने ।

अध्यादेशलाई निजामती र स्थानीय तहका कर्मचारीबीच विभेद गरेको, अस्थायी, ज्यालादारी कर्मचारी, सामाजिक परिचालक लगायतको कर्मचारी सेवाको निरन्तरता ग्यारेण्टी गर्नुपर्ने, समायोजन भएर आउने कर्मचारी र स्थानीय तहका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्नुपर्ने, फोहोरमैला उठाने जिम्मा निजी क्षेत्रलाई दिँदा त्यस क्षेत्रमा कार्यरत कर्मचारीको पेसागत सुरक्षा ग्यारेण्टी गर्नुपर्ने माग उनीहरुले अघि सारेको छ ।

सो अवसरमा नेपाल नगरपालिका एसोसिएसनका अध्यक्ष हिमप्रसाद पौडेले सरकारले अध्यादेश खारेजी वा कार्यान्वयन बन्द नगेरसम्म आन्दोलनमा उत्रिने बताउनुभयो । ‘यो कर्मचारीको लागि गर र मरको अवस्था हो । यसमा सबै कर्मचारी डटेर लाग्नुपर्दछ’ –उहाँले भन्नुभयो ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *