अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटना, सवार यात्रीको नामावलीसहित

Sharing is caring!

भदौ २३, २०७५ । गोर्खाबाट काठमाडौं उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर सम्पर्कविहीन भएको उक्त हेलिकोप्टर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउने बित्तिकै प्रहरी टोलीलाई घटानस्थलमा पठाइएको छ । फोर्स ल्याण्डिङ गर्दा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

मनास्लु क्षेत्रमा पर्ने गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँमा पर्यटक छाडेर त्यहाँबाट बिरामी बोकेर काठमाडौंतर्फ आउँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । सो हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए भने हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु थिए ।

हेलिकोप्टरमा सवार यात्रीको नामावली:

१. हिरोमी कामात्सु
२. दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
३. हिरा शेर्पा (वर्ष ३५, दोलखा
४. ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
५. छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
६. सुनिल तामाङ (वर्ष २२)
७. निश्चल केसी (पाइलट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *