कोरोना भाइरस नियन्त्रणमा सरकारको आदेश बढी, एक्सन कमः प्रभु साह

Sharing is caring!

चैत्र १६, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारको आलोचना गरेका छन् ।

सरकारले कोरोना भाइरसको प्रकोप रोक्न मुलुकलाई ’लकडाउन’ गर्ने, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान रोक्ने, सिमा नाका बन्द गर्ने लगायतका निर्णयहरु गरेपनि यसको प्रभावकारितामाथि नेता साहले प्रश्न उठाएका छन् ।

लकडाउनको परिस्थितिमा विपन्न, गरिब तथा ज्यालादारीमा आधारित जीवन बिताउनेलाई छाक टार्न गाह्रो भएपनि त्यसको निवारणमा राज्य उदासीन देखिएको, स्वास्थ्यकर्मीलाई आवश्यक मेडिकल कीट ‘पीपीई’ लगायतको अभाव भएको लगायतका विषयहरुमाथि टिप्पणी गर्दै नेता साहले सरकार आदेश दिनमा बढी केन्द्रित भएको तर एक्सन भने कम रहेको भन्दै प्रभावकारी बन्न सुझाएका छन् ।

लकडाउन लगायतको विषयलाई प्रभावकारी बनाउन महत्वपूर्ण नेता साहले सुझाव पनि दिएका छन् । उनले जनस्तर, स्थानीय प्रशासन र सरकारबाट गरिनुपर्ने कार्यहरुको सूची नै सार्वजनिक गरी सबैमा आह्वान गरेका छन् ।

नेता साहले असहाय छिमेकीलाई मद्दत गर्नेदेखी प्रदेश स्तरमा परीक्षणको सुविधा र स्वास्थकर्मीको बिमासम्म गनुपर्ने विषय औल्याएका छन् । उनले प्रत्येक प्रदेशमा ३/३ वटा कोरोना परीक्षण ल्याबको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् ।

दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरुलाई घरमै राहत उपलब्ध गराउन सरकारलाई नेता साहको सुझाव छ । उनले स्वास्थ्यकर्मीहरुलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामाग्रीलगायत प्रदान गर्नुको साथै सरकारले उनीहरुको बिमाको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

’लकडाउन’लाई प्रभावकारी बनाउन नेता साहले सुझाएका विषयहरु यस्ता छन्

जनस्तरबाट गर्नु पर्ने कार्य:
१. ’लकडाउन’को महत्व आफू पनि बुझ्ने र अरूलाई बझ्न मद्दत गर्ने ।
२. बदलिएको परिस्थिति अनुरूप आफ्नो कामको प्राथमिकिकरण गर्ने र कार्य शैली पनि बदल्ने ।
३. आफ्नो असहाय छिमेकीहरुलाई सके जति मद्दत गर्ने ।
४. अफवाहरूको पछाडि नलाग्ने, सरकारको आधिकारिक सुचनामा विश्वास गर्ने ।
५. कोरोनाको शंकास्पद बिरामी सम्बन्धि कुनै सुचना भए स्थानीय प्रशासनलाई जानकारी गराउने ।
६. कुनै कारणले बाहिर निस्किनु पर्यो भने मास्क, ग्लब्स प्रयोग गर्ने र ३ फिटको दूरीमा बस्ने जस्ता सतर्कता अपनाउने र सरसफाइमा विशेष ध्यान दिने ।

स्थानीय प्रशासनद्वारा गर्ने पर्ने कार्यहरू:

१. ’लकडाउन’लाई व्यापक प्रचारसहित व्यवहारिक कार्यान्वयन गर्ने ।
२. अत्यावश्यक वस्तु र खाद्यान्न आपूर्तिको सहज व्यवस्था मिलाउने जसको लागि आफ्नो क्षेत्र भित्रका उत्पादनको श्रोत, बिक्री केन्द्रहरू र सबै स्टोरहरूको रेकर्ड राख्ने, बिक्री बितरणको समय र तरिका बारे आम नागरिकलाई अग्रिम जानकारी गराउने र आपूर्ति र दररेटमा सक्रिय निगरानी सहित गलत गर्नेलाई कारवाही गर्ने ।
३. दैनिक ज्यालादारीमा आश्रित परिवारलाई तुरून्त राहत घरमा उपलव्ध गराउने ।
४. ’लकडाउन’को अवज्ञा गर्ने वा कोरोना भाईरस बारे गलत प्रचार गर्ने कार्यलाई नियन्त्रण गर्ने र गलत गर्नेलाई कडाइ पुर्वक कारवाही गर्ने ।
५. देश बाहिरबाट आएका व्यक्तिलाई तुरून्त क्वारेन्टाइन पठाउने र संकास्पद बिरामीहरूको परिक्षणको व्यवस्था मिलाउने ।
६. आफ्नो एरिया भित्रको सरकारी वा निजी सबै स्वास्थ्य उपचार केन्द्रहरूको रेकर्ड राख्ने र परिचालन गर्ने ।

रोकथामको लागि सरकारले गर्नुपर्ने कार्य:

१. प्रयाप्त टेस्ट ल्यावको व्यवस्था गर्ने (प्रत्येक प्रदेशमा ३/३ वटा )
२. केन्द्र प्रदेश र स्थानीय तह सबैले आफ्नो क्षमता अनुसार क्वारेन्टाइनको व्यवस्था गर्ने ।
३. सबै अस्पताल र क्वारेन्टाइन सेन्टरमा आअव उपचार सामग्री र प्रबिधि तुरून्त उपलब्ध गराउने ।
४. सबै स्वास्थ्यकर्मी , एम्बुलेन्स ड्राइभर, परिक्षणमा खटिएका सुरक्षाकर्मीसमेतलाई माक्स, ग्लब्स, स्प्रोन, चस्मा, जुत्ता लगायतका पिपिई उपलब्ध गराउने ।
५. क्वारेन्टाइनमा बसेकाहरूलाई खानपिन र सरसफाइ सहित राम्रो प्रबन्ध गर्ने ।
६. अस्पतालहरूको वर्गीकरण गर्ने । सबै अस्पताललाई सुरक्षा निकायको निगरानीमा एकीकृत ढंगले परिचालन गर्ने ।
७. स्वास्थ्यकर्मिको उच्च मनोवलका लागि बिमाको व्यवस्था वा अन्य सुविधा घोषणा गर्ने ।
८. केन्द्र सरकारको पहलमा जिल्ला जिल्लामा २÷२ वटा सुबिधा सम्पन्न क्वारेन्टाइन र प्रदेश सरकारको पहलमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा क्वारेन्टाइन निर्माण गर्ने , जसमा उपचारको पनि व्यवस्था गर्ने।
९. प्रत्येक स्थानिय तहमा ५० वेडको कम्तीमा १÷१ वटा क्वारेन्टाइन निर्माण गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *