अब चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: कर्ण

Sharing is caring!

मंसिर १८, २०७५ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन् । त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन् ।’

उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाए । उनले भने,‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् । स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केहीपनि गर्न सकेको छैन् ।’ सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप छ ।

उनले भने,‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आजपनि चर्चित नै छ । यो कसको कमजोरी हो ? एउटा बच्च बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन् । अनि यो भन्दा निकम्मा सरकार अरु को होला ? यो देशमा यतिका प्रहरी छन् । सशस्त्र प्रहरी छन् । सेना छ । लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन् । अझ नपुगेर भर्ना गरिँदैछ । के को लागि ? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि ?’ साँढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारकै कारण यो प्रकरण सेलाएको उनको आरोप छ । उनले थपे,‘अहिले त जेलमा भएकाहरुपनि धमाधम छुट्दैछन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *