अपराध संहिताविरुद्ध चिकित्सकको हडताल: आइतबार आकस्मिकबाहेक सेवा बन्द

Sharing is caring!

भदौ १६, २०७५ । नेपाल चिकित्सक संघले मुलुकभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ।

मुलुकी अपराध संहिता ऐन २०७४ एवं मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ भएका चिकित्साकर्मीसम्बन्धी व्यवस्था संशोधन नभएकोमा विरोध जनाउँदै संघले आइतबार सांकेतिक हडतालस्वरूप एक दिनका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि आवश्यक पहल नगरेको संघका महासचिव डा. लोचन कार्कीले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *